स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगबाट सम्पन्न गर्नको लागि सरोकारवालाले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्नु वाञ्छनीय भएकोले,निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी सरोकारवालासँग परामर्श गरी निर्वाचन आयोगले यो आचार संहिता बनाएको छ ।
निर्वाचन आयोगले सञ्चालन गर्ने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले बनाएको निर्वाचन आचार संहिता कार्यान्वयन गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ तथा निर्वाचन आचार संहिता, २०७२ बमोजिम निर्वाचन आचार संहिता अनुगमन संयन्त्र निर्माण गर्नु वाञ्छनीय भएकोले, निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यो निर्देशिका बनाएको छ ।